भियतनामसँग नेपाल पराजित - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भियतनामसँग नेपाल पराजित

चैत २२, काठमाडौं । नेपाल भियतनामसँग पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा पराजित भएको छ ।

बसधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल भियतनामसँग ५-१ गोल अन्तरले पराजित भएको हो ।

भियतनामको जितमा कप्तान हुन्ह न्हुले दुई गोल गरिन् । यस्तै फाम हाइ यन, एनगुएन थि बिच थुए र एनगुएन थि नाले एक एक गोल गरे ।

नेपालका लागि सावित्रा भण्डारीले एक मात्र गोल फर्काईन् ।

खेलको ११ औं मिनेटमा फाम हाइ यनले गोल गर्दै भियतनामलाई सुरुवाती अग्रता दिलाइन् ।

खेलको ३६ औं मिनेटमा कप्तान हुन्ह न्हुले पेनाल्टीमार्फत गोल गर्दा भियतनामले २-० को अग्रता बनायो ।

यस्तै खेलको ३८ औं मिनेटमा एनगुएन थि बिच थुएले गोल गर्दै पहिलो हाफमा भियतनामलाई ३-० को अग्रता दिलाइन।

दोस्रो हाफमा भियतनामले थप दुई गोल गर्यो । नेपालले भने एक गोल फर्कायो ।

खेलको ४८ औं मिनेटमा थि लोनको क्रसमा कप्तान न्हुले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै भियतनामलाई ४-० ले अगाडी बढाइन ।

खेलको ७९ औं मिनेटमा सरु लिम्बूको पासमा सावित्राले गोल गर्दै नेपाललाई ४-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा एनगुएन थिले गोल गर्दै भियतनामलाई ५-१ को जित दिलाइन् ।

छनोटको समूह ‘सी’ मा रहेको नेपालले अब शनिबार भियतनामसँग दोस्रो खेल खेल्नेछ ।

 

सम्बन्धित खवर