बैशाक १६, काठमाडौं । नेपाल एसीसी प्रिमियर कप पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा कुवेतविरुद्धको सेमिफाइनल खेल रद्द भएसँगै नेपाल फाइनल पुगेको हो ।
नेपालले फाईनलमा युएईसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल र युएईबीचको फाइनल खेल टियु मैदानमा सोमबार हुनेछ ।
यस्तै ओमान र कुवेतबीच तेस्रो स्थानको लागि आइतबार खेल हुनेछ ।
भारी वर्षाको कारण नेपाल र कुवेतबीचको खेल रद्द भएको हो । खेल रद्द भएपछि नेपाल समूह विजेताको रुपमा फाइनल पुगेको हो ।
यस्तै मुलपानी क्रिकेट मैदानमा युएईले ओमानलाई डीएल पद्दतिको आधारमा २ रनले हराएर फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।
प्रतियोगिताको उपाधि विजेता एसिया कपका लागि छनोट हुनेछ ।