बैशाक ३१ मा माङसेबुङ गाउँपालिकाको सार्वजनिक सुनुवाई - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बैशाक ३१ मा माङसेबुङ गाउँपालिकाको सार्वजनिक सुनुवाई

बैशाक २४, माङसेबुङ । आगमी बैशाक ३१ मा इलामको माङसेबुङ गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्ने भएको छ ।

 

गाउँपालिकाको कार्यालय र विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा इभाङमा अवस्थित गाउँपालिकाको प्राङ्गणमा सार्वजनिक सुनुवाई गर्ने भएको हो ।

 

माङसेबुङ गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा सार्वजनिक सुनुवाई संचालन हुनेछ ।

 

कार्यक्रममा गाउँपालिका र विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा भएका प्रगति प्रस्तुत हुने जनाएको छ ।

 

कार्यक्रममा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका तर्फबाट ३० जना नागरिकसँग सार्वजनिक सेवा प्रदायक संस्थाबाट सेवा लिँदा प्रत्यक्ष अनुभव गरेका, भोगेका र देखेका कुराहरुलाई उल्लेख गरी लिएको नागरिक अभिमत प्रतिवेदन पत्रको नतिजा प्रस्तुत गर्नेछ ।

 

यस्तै नागरिक बडापत्रद्वारा गरिएका बाचा बमोजिम ३० जना सेवाग्राहीले सेवा सुविधाको प्राप्तिपछि कार्यालयबाट बाहिर निस्किने समयमा त्यहाँको सेवा सुविधाको विषयमा लिएको बहिर्गमन अभिमत प्रस्तुत गर्नेछ ।

 

नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु र बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु समेत प्रस्तुत हुनेछ ।

 

कार्यक्रममा सेवाग्राहीहरुले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राख्नेछन् ।  गाउँपालिकाको तर्फबाट अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोदकुमार नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानसहित शाखा प्रमुखहरुले सेवाग्राहीको  प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

 

कार्यक्रमको प्रत्यक्ष प्रशारण रेडियो माङसेबुङ र नयाँ बुलन्द डटकमको अफिसियल फेसबुक पेज बाट हुनेछ ।

 

सम्बन्धित खवर