- आन्छुमे नसान
जेठ ११, काठमाडौं । पछिल्लो समय नेपाली तथा किराती लिम्बू गीत संगीतमा लागि पर्नुभएकी लोकप्रिय गायीका थोकफेला लिङदेनको आवाजमा किरात भजन ‘हातमा हतकडी’ सार्वजनिक गरिएको छ ।
गीतकार अम्बर राईको शव्द तथा गायक तथा संगीतकार राजु आङदेम्बेको संगीतमा राष्ट्रिय बिभूति महागुरु फाल्गुनन्द लिङदेनप्रति समर्पित किरात भजन ‘हातमा हतकडी’ सार्वजनिक गरिएको हो ।
मनोज साङसोन राईको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको भजन गीतको भिडियोलाई कृष्ण थलङले छायांकन तथा सम्पादन गरेका हुन् ।
नारी मिरिस खालिङ राईको निर्माणमा सुनिता किरातीको मेकअप रहेको भिडियो एम.एन.ए(भुटान नेपाल अमेरिका) चौतारी युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…