संयुक्त संघर्ष समतिद्वारा पहिचानका लागि युवा दस्ता घोषणा - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संयुक्त संघर्ष समतिद्वारा पहिचानका लागि युवा दस्ता घोषणा

  • सङसेमी माङयुङ

जेठ १२, विराटनगर । कोशी खारेजीको लागि पहिचानको आन्दोलनलाई थप सशक्त बनाउँने उदेश्यले प्रदेश नं १ पुनः नामाङकन संयुक्त संघर्ष समतिले ‘पहिचानको लागि युवा’ दस्ता गठन गरी घोषणा समेत गरेको छ ।

 

शुक्रबार विराटनगरस्थित संगम पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरी भिम राई र विराज लिम्बुको संयोजकत्वमा १ सय ५१ सदस्यीय पहिचानको लागि युवा दस्ता घोषणा गरेको हो ।

 

गत फागुन १७ गते प्रदेशको नाम कोशी राखिएपछि पहिचान पक्षधरले पहिचानको आधारमा प्रदेशको नाम राखिनु पर्छ भन्दै आन्दोलनलाई जारी राखेका छन् ।

आन्दोलनका क्रममा गत चैत ५ गते विराटनगरमा भएको वृहत्त जनप्रदर्शनमा घाइते भएका पदम लिम्बू (लाजेहाङ)को गत चैत १० गते उपचारका क्रममा निधन भइसकेको छ ।

 

लिम्बूलाई सरकारले सहीद घोषणासमेत गरिसकेको छ भने सोही दिनको शोकलाई शक्तिमा बद्लेर आन्दोलन अघि बढाउन पहिचानका लागि युवा घोषणा गरिएको किरात राई यायोक्खाका महासचिव भीम राईले बताए ।

 

पहिचानसहितको नाम माग गर्दा प्रशासनले दुःख दिएको बताउँदै उनले यसमा कति पनि विचलित नभई लक्ष्य प्राप्ति नभएसम्म अघि बढ्ने र रचनात्मक ढंगले आन्दोलन व्यवस्थित गर्ने उद्देश्यका साथ पहिचानका लागि युवा घोषणा गरेको उनको भनाइ छ ।

 

उनका अनुसार अनुशासित ढंगबाट किरात राई यायोक्खाको नेतृत्वमा किरात फोर्स, पहिचान सहितको प्रदेश नं. १ पुन नामाङकन अभियान समितिको नेतृत्वमा नालीगेन थाङबेन मुककप, राष्ट्रिय जनमुक्ति पार्टीको नेतृत्वमा काङसोरे फोर्स साथै संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्चको नेतृत्वमा एलभी फोर्स रहेको पनि उनले जानकारी दिए ।

 

त्यस्तै, किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम यक्तेङले प्रदेशको नाम भनेजस्तो नभएसम्म आन्दोलन जारी रहने बताए ।

 

विद्रोहलाई निष्कर्षमा पु¥याउन समेत पहिचानका लगि युवा आवश्यक रहेको बताउँदै उनले दुई महिनाभन्दा बढी लड्दा पनि प्रदेश सरकार मौन रहेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

 

शान्तिपूर्ण आन्दोलन गर्दा राज्य पक्षबाट अश्रुग्यास प्रहार गर्ने, आन्दोलनकारी विरुद्ध आइलाग्ने जस्ता कार्य भएको बताउँदै शान्तिपूर्ण ढंगले जवाफ दिन पहिचानका लागि युवा घोषणा गरिएको उनले बताए ।

 

सम्बन्धित खवर