हाङको निर्देशनमा भक्तिको पालाम ‘मिक्नारा ताजेङ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, फागुन ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङको निर्देशनमा भक्तिको पालाम ‘मिक्नारा ताजेङ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

जेठ २१, काठमाडौं । निर्देशक हाङ चेम्जोङको निर्देशनमा गीतकार तथा गायक भक्ति आङदेम्बेको शव्द तथा लय संकलन रहेको पालाम साम्लो ‘मिक्नारा ताजेङ’ सार्वजनिक गरिएको छ ।

गायक भक्ति आङ्देम्बे र गायीका निरन्ता नेम्बाङको आवाजमा बिबश नेम्बाङ र दिलु पंधाक मादेनको कोरस आवाज रहेको पालाम ‘मिक्नारा ताजेङ’को भिडियो शनिबार सार्वजनिक गरिएको हो ।

सुमन तामाङ्को छायाकंन रहेको पालाममा लक्ष्मी योङ्हाङ्, भक्ती आङ्देम्बे, उदय बेघा, बिबेक बेघा, दिल कुमारी पंधाक र बालकुमारी पंधाकले अभिनय गरेका छन् ।

मनोज साङ्सोनको संगीत संयोजनमा किङ् स्टुडियोमा रेकर्ड गरिएको पालाम भिडियोमा अशोक मण्डल श्रृंगार र पर्शु थलङको सम्पादन रहेको छ ।

घाँस दाउरा गर्दा थाङबेन सँग धान नाच्दा नाच्दै मन मुटु साटेका, माया पिरती.गाँसेको पलको यदमा सम्झनामा डुवुल्की मारीरहेकि मेन्छिनको कथा प्रस्तुत गरिएको पालाम वोल्र्ड याक्थुङ लिम्बु कल्चरल युनिटी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर