लिम्बु चलचित्र ‘के २’ को छायाकंन सम्पन्न - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बु चलचित्र ‘के २’ को छायाकंन सम्पन्न

जेठ २६, काठमाडौ । लिम्बु चलचित्र ‘के २’ को छायाकंन सम्पन्न भएको छ । काठमाडौको विभिन्न ठाउँमा छायाकंन भएको हो ।

चलचित्र ‘के’ को सफलतापछि ‘के २’ निर्माण गरिएको याक्थुङ फिल्म्सले जनाएको छ ।

याक्थुङ फिल्म्सले यसअघि चलचित्र ‘के’ निर्माण गरेका थिए । उक्त चलचित्रले राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरको पुरस्कारहरु प्राप्त गरेका थिए ।

सागर केरुङको लेखन तथा निर्देशन र सबु लिम्बू थाम्सुहाङको निर्माण रहेको चलचित्र के २ छायांकन तथा सम्पादन इसाक जबेगुको रहेको छ ।

अमर तुम्बापोको सहायक निर्देशन र अमृता जबेगु शृङ्गार रहेको चलचित्रमा यासेली योङ्हाङ, बिमला खजुम, भवेन्द्र थाम्सुहाङ, हाङ चेम्जोङ, इन्दु फोम्बो, अमर तुम्बापो, रत्ना लिङ्देन लावती, नरेश वनेम फागो, नन्दु तुम्बापो, सरु माङ्मु, नगिना मगर लगायतले अभिनय गरेका छन ।

चलचित्र ‘के’ मा लिम्बु समुदायको राष्ट्रिय बाजा के(च्याब्रुङ)लाई स्वतन्त्ररुपले चलाउन नपाएको बिषय रहेको छ भने के २ मा काठमाडौमा के(च्याब्रुङ)को अवस्था के कस्तो छ भन्ने बिषय रहेको निर्देशक केरुङ्ले बताए ।

सम्बन्धित खवर