हाङको निर्देशनमा गंगा र एन.पी.को ‘के मुङ्ङी लाङ्मारो’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङको निर्देशनमा गंगा र एन.पी.को ‘के मुङ्ङी लाङ्मारो’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

जेठ २६, काठमाडौं । निर्देशक हाङ चेम्जोङको निर्देशनमा गायीका गंगा फियाक र गायक एन.पी. फियाकको आवाजमा सजिएको मनछुने साम्लो ‘के मुङ्ङी लाङ्मारो’ सार्वजनिक गरिएको छ ।

एन.पी. फियाकको शव्द तथा लय संकलन रहेको साम्लो ‘के मुङ्ङी लाङ्मारो’को भिडियो शुक्रबार सार्वजनिक गरिएको हो ।

कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको भिडियोमा गंगा फियाक, उदय बेघा लिम्बू, सागर केरुङ, लक्ष्मी प्रसाद बेघा, मिरा फियाक, टेकेन चेम्जोङ, अमृता नाल्बो सुनिता फावेन, सुसुहाङ काम्बाङ र सञ्जु थलङले अभिनय गरेका छन् ।

राजु कार्कीको संगीत संयोजनमा किङ् स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको साम्लोको मिक्सिङ राजु कार्कीलेनै गरेका छन् ।

नर्वु तामाङको सहायक छायांकन, सञ्जु थलङको मेकअप र समिर ओलीको ड्रोन छायांकन रहेको भिडियो गायीका गंगा फियाकको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर