‘मंसिरे मेलैमा’ लिएर आईन सुनिता थेगिम (भिडियो सहित) - Mangsebung News
  • शनिबार, फागुन ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘मंसिरे मेलैमा’ लिएर आईन सुनिता थेगिम (भिडियो सहित)

  • आन्छुमे नसान

असार २, काठमाडौं । लोकप्रिय गायीका सुनिता थेगिमको सुमधुर आवाजमा सजिएको पुर्वेली लोक भाकाको गीत ‘मंसिरे मेलैमा’ सार्वजनिक गरिएको छ ।

गीतकार बिरेन्द्र थाम्सुहाङ शव्द तथा संगीतकार तरेम्पाहाङको संगीतमा सजिएको मनछुने पुर्वेली गीत ‘मंसिरे मेलैमा’ सार्वजनिक गरिएको हो ।

फालेलुङ मुनि हेङवा खोला सुसेलेको, घाँस दौरा गर्दा सुसेली हालेको र धान नाचेको, पालाम गाएको साँस्कृतिक प्रेमिल भावहरु समाबेश गरिएको पान्थरको रमणिय स्थलहरुको बयाण गरि माया पिरतीको भाव बोकेको लोक भाकाको गीतलाई इसाक जबेगुले छायांकन तथा सम्पादन गरि तयार पारेका छन् ।

राजु कार्कीको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङमा सुरेश राईले किङ् स्टुडियोमा रेकर्ड गरेको गीतको भिडियोमा गायीका सुनिता थेगिमले नै फिचरिङ गरेका छन् ।

सागर केरुङको भाषा सम्पादन, नर्बु तामाङको सहायक छायांकन तथा लिव्जु कलेक्शनको पहिरन रहेको भिडियो पान्थर फालेलुङ अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस्…

सम्बन्धित खवर