शहिद लाजेहाङ स्मृति प्रतिष्ठान गठन - Mangsebung News
  • बिहिबार, बैशाख ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शहिद लाजेहाङ स्मृति प्रतिष्ठान गठन

असार २९, मोरङ । पहिचान आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका राष्ट्रिय शहीद पदम कुमार लिम्बु (सुक्वा) लाजेहाङको सम्मानमा स्मृति प्रतिष्ठान गठन भएको छ ।

विहिबार मोरङको बेलबारी ३ टुक्रे चोकस्थित किरात याक्थुङ चुम्लुङ नगर शाखा समितिद्धारा संरक्षित धार्मिक वनमा शहिद लाजेहाङ सुक्वाबा स्मृति प्रतिष्ठान जीवन खेवाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रकुमारी लिम्बू, उपाध्यक्षमा क्रमशः डम्बर कुरुम्बाङ, देउमान पंधाक, सचिवमा विजय सिङ्जाङ्गो, सह–सचिवमा कृष्ण मेन्याङबो र कोषाध्यक्षमा राजेश हुक्पा चोङबाङ चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा क्रमशः पवित्र सुक्वाबा लिम्बू (शहिद परिवार), राजु चोङबाङ, अरुणा निङलेकु, रुकमिणि धिमाल, हरिराज खिम्दिङ र राज कुमार खुदाङ रहेको छ ।

यसरीनै दिलु लिङदेनको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । सल्लाहकार सदस्यहरुमा क्रमशः बंम बहादुर मेन्याङबो, कुमार वोखिम, जोग बहादुर तुम्बाहाङफे, गोपाल बराइली, गणेश मिभक र गंगामान लिम्बू रहेको सल्लाहकार सदस्य मिभकले जनाएका छन् ।

बैठक जेष्ठ नागरिक बंम बहादुर मेन्याङबोको अध्यक्षतामा सम्पन्न भएको थियो

सम्बन्धित खवर