नयाँ सदस्यता छानबिन र नवीकरणको काम पत्रकार मञ्चले एक हप्तामा टुङ्ग्याउने - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नयाँ सदस्यता छानबिन र नवीकरणको काम पत्रकार मञ्चले एक हप्तामा टुङ्ग्याउने

असार ३१, दमक । पत्रकार मञ्च दमक झापाले नयाँ सदस्यता छानबिन र नवीकरणको काम एक हप्ताभित्र टुङ्ग्याउने भएको छ ।

शनिबार मञ्चका अध्यक्ष कमन देवानको अध्यक्षतामा सम्पन्न बैठकले नयाँ सदस्यताका लागि माग भए बमोजिकका आवेदनमाथि आवश्यक छानबिन गरी सदस्यताका लागि सिफारिस गर्न मञ्चका सचिव उमानाथ भण्डारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

सदस्यहरुमा कार्य समिति सह–सचिव धनबहादुर थेबे र कार्य समिति सदस्य गंगामाया बेघा रहेका छन् ।

समितिले परेका आवेदनमाथि आवश्यक छानबिन गरी शुक्रबारसम्ममा नयाँ सदस्यताका लागि सिफारिस गर्ने छन् ।

त्यस्तै सदस्यता नवीकरणका लागि समेत मञ्चले सदस्यहरुलाई आह्वान गर्ने निर्णय भएको मञ्चका उपाध्यक्ष गीता ढुङ्गानाले जानकारी दिइन् ।

सम्बन्धित खवर