बाझो जमिन उपयोगमा ल्याउने गाउँपालिकाको अभियान - Mangsebung News
  • शनिबार, फागुन ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बाझो जमिन उपयोगमा ल्याउने गाउँपालिकाको अभियान

  • पदम सुखी सम्बाहाम्फे

साउन ८, कुम्मायक । पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकाको कार्यलयले गाउँपालिका क्षेत्रमा रहेका बाझो जग्गालाई उपयोगमा ल्याउने अभियान सुरु गरेको छ ।

सोमबारदेखि उक्त अभियान सन्चालनमा ल्याउदै गाउँपालिकाको उपाध्यक्ष महेन्द्र बहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत देवि तुम्बापो र कृषि शाखा कार्यलय यासोकका प्राविधिक टोलिहरु फिल्डमा उत्रिएको हो ।

पशु पन्छी सेवा शाखा प्रमुख डा, नगेन्द्र दाहालले नेपाल सरकारले भुमी बैंकको अवधारणा ल्याए बमोजिम कुम्मायक गाउपालिका भरी बाझो रहेका जग्गालाई पहिचान गरि भुमी बैंक स्वरुप गाउपालिकाको मातहतमा ल्याएर उत्पादन क्षेत्रमा आधुनिक आत्मनिर्भरता बढाउने उद्देश्य रहेको बताए ।


यश क्षेत्रको माटोमा जे उपलब्धि मुलुक खेतीकमाइको सम्भावना छ त्यस्ता जग्गाहरुमा उपयुक्त बाली लगाएर किसानका जिविकोपार्जन धान्ने हेतुले यो अभियान सुचारु गरिएको पनि उनले बताए ।

कुन ठाउँमा कुन बाली लाउन उपयुक्त हुन्छ भन्ने अध्यन अनुसन्धान भइरहेको समयमा सामाजिक सन्जाल भित्र अनेकन टिकाटिप्पडी हुनुका साथै बेसारको बीउ बोरामै कुहिएको समाचार सम्प्रेषण हुदा कृषि शाखा प्रमुख सविन खतिवडाले दुख लागेको बताए ।

गाउँपालिकामा रहेको विभिन्न बाझो जमिनमा बेसार साथै अन्य बालिहरु छिटो वा ढिलो कुन समयमा लगाउदा यस्को के कस्तो उत्पादनको परिणाम आउँछ भन्ने बिषयलाइ मनन गरि यो परिक्षणको अभियान कालमा थुप्रै टिकाटिप्पणी हुनु अनावश्यक भएको उनले बताए ।

कुम्मायक गाउँपालिकाको ३ लाख भन्दा बढि आर्थिक सहयोगमा यश पटक गाउपालिकाको विभिन्न क्षेत्रमा ढिलै भएपनि ४ . ८ क्विन्टल बेसार खेती गरेर बेरोजगार युवा जमातलाई रोजगारी सुनिश्चित गराउने लक्ष्य रहेको गाउपालिकाका उपाध्यक्ष महेन्द्र बहादुर खड्का र प्रमुख प्रशासकीय अधिकृत देवि तुम्बापोले बताए ।

युवालाई रोजगार दिलाउने लक्षित यो कृषि क्रान्तिले समुन्नत समाज र राष्ट्रको समृद्धि हुनेमा दुइमत नहुने गाउपालिकाका अध्यक्ष बमप्रसाद लावतिको पनि भनाइ रहेकोे छ ।

गाउँपालिकाले यसपटक कृषि क्रान्तिका निम्ति लगानी गरेको बेसार खेतिले युवा तथा कृषकहरु के कति लाभान्वित हुनसक्छन् भन्ने कुराको अध्यन र अनुगमन निरन्तर जारी रहने अध्यक्षको भनाइ थियो ।


बीउ मल तथा गोडमेल गाउपालिकाकै स्रोत बाट हुने र उत्पादन भएको बेसार गाउपालिका भित्र खपत भइ नसकि उब्रेको बेसार पालिकाले नै निर्यात गर्ने उपाध्यक्ष खड्काले बताएका छन ।

कुम्मायक गाउँपालिकाको वडा नम्बर ३ हात्तीपोखरी स्थित खड्का टोलका ६० जना भन्दा बढी युवा कृषकहरु कृषि प्राविधिक टोलि सहित आधुनिक खेती गर्न पाएको भन्दै उत्साहित भएका थिए ।

सन्चारकर्मी कुमार खड्का लगायत कृषि प्राविधिक टिम र जनप्रतिनिधि सहित बेसार खेती योग्य जमिनको पहिचान र थप सम्भाब्य क्षेत्रको अध्यन अनुसन्धान समेत भएको थियो ।

सम्बन्धित खवर