साउन २३, विराटनगर । प्रदेश १ सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिने भएको छ ।
प्रदेश सरकारले विश्व आदिवासी तथा जनजाति दिवसको उपलक्ष्यमा प्रदेशभर बिदा दिने भएको हो ।
अगष्ट ९ लाई अन्तरराष्ट्रिय आदिवासी जनजाति दिवसको मान्यता दिएको भन्दै प्रदेशका आदिवासीको भावनालाई सम्बोधन गरेर बिदा दिएको प्रदेश सरकारले जनाएको छ ।