अमेरिकाबाट किरात धर्मावलम्बीहरु माङसेबुङ भ्रमणमा आउँदै - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अमेरिकाबाट किरात धर्मावलम्बीहरु माङसेबुङ भ्रमणमा आउँदै

कातिक ३, माङसेबुङ । अमेरिकाबाट किरात धर्मावलम्बीहरु माङसेबुङ भ्रमणमा आउने भएका छन् ।

अमेरिकाको बिभिन्न राज्यमा बसोबास गर्ने किरात धर्मामलम्बीहरूको शहर र राज्यमा अवस्थित धार्मिक संस्थाहरूको केन्द्रीय किरात धार्मिक संस्था किरात कम्युनिटी अर्गनाइजेसन् अफ अमेरिकाका अध्यक्ष राजु इधिङगो अध्यक्षतामा करिवन १ सय जनाको टोली अमेरिकाबाट आगमी मंसिर पहिलो हप्ता माङसेबुङ भ्रमणमा आउने भएका हुन् ।

किरात कम्युनिटी अर्गनाइजेसन् अफ अमेरिकाका पूर्व अध्यक्ष सुकमान सुहाङको संयोजकत्वमा ‘ऐतिहासिक माङसेबुङ भ्रमण २०२३’ नाम दिइएको भ्रमण टोलीमा संस्थाका सचिव मिरा लोहोरुङ राईसँगै केन्द्रीय पदाधिकारी एवम् सदस्यहरु, अमेरिकाको बिभिन्न शहर र राज्यहरूका संस्थाहरूको संस्था प्रमुख वा प्रतिनिधिहरू, सेवासावा÷सेवासामाहरू, बिद्वान ब्यक्तित्वहरू लगायत किरात धर्मावलम्बीहरूको विशाल भ्रमणको तयारीमा जुटेको संयोजक सुहाङले समाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

भ्रमणको क्रममा गरिने विभिन्न कार्यक्रमको रुपरेखा समेत सार्वजानिक गरिएको भ्रमणको लागि ७० जना भन्दा माथि नामावली संकलन भइसकेको उनले बताए ।

नेपालमा भ्रमणको समयमा गरिने कार्यक्रमहरूको तालिका :

1. किरात धर्म गुरू र गुरूआमा संगको दर्शन भेट मंसीर ८ गते शुक्रबार (November 24, 2023)
2. माङसेबुङ मुजोत्लुङ माङहिममा हामीहरूबाट सामूहिक सेवापुजा मंसीर ९ गते शनिवार (November 25, 2023)
3. किरात धर्म तथा साहित्य उत्थान संघ र मुजोत्लुङ गुरू नोमाङगेन्ना सेवा समितिहरू संग हाम्रो टोलीले गर्ने भेटघाट, भेला र छलफल मंसीर १० गते आईतबार (November 26,2023)
4. बेल्डाँगी १ माङपोक्लुङ माङहिममा हाम्रो सेवा तथा कार्यक्रम मंसीर १२ गते मंगलवार र सेवासावाहरूको थलङ गुरूबाट प्रशिक्षण र भेला मंसीर १३ गते बुधवार (November November 28-29, 2023)
5. हाम्रो KCOA को प्रायोजन यानकी KCOA को बेनरमा बेल्डाँगी क्याम्प कमिटीहरूले महिला र पुरूष दुबै समूहको Inter Sub-Sector Soccer ⚽️ Tournament मंसीर १५ गते Final हुने गरि ८ दिन अगाडीबाटै खेलाउने तर हाम्रो सहभागीता भने मंसीर १३ देखि १५ सम्म हुने।
6. पथरी शिविरमा सेवा मंसीर १६ गते शनिवार (December 2, 2023)
किरात धर्म तथा साहित्य उत्थान संघ र मुजोत्लुङ गुरू नोमाङगेन्ना सेवा समितिहरू संगको भेलामा अमेरिकाको किरात धार्मिक केन्द्रीय संस्थाको तर्फबाट बक्ताको रूपमा निम्न ब्याक्तीहरूलाई चयन गरिएको छ :
1. श्री डि.जे. खालिङ, केन्द्रीय सल्लाहकार प्रमुख (KCOA)
2. डा. नरेश लावती , केन्द्रीय सल्लाहकार(KCOA)
3. श्री राजु ईधिङगो, केन्द्रीय अध्यक्ष (KCOA)
4. श्री के.के. सोङमेन, माङसेवासाबा कअडिनेटर (KCOA)
5. शुश्री मिरा लोरूङ, केन्द्रीय सचिव (KCOA)
6. श्री सुकमान सुहाङ, भूतपूर्व केन्द्रीय अध्यक्ष (KCOA)
माङसेबुङ भ्रमण २०२३ को दौरानमा बेल्डाँगी र पथरीमा गरिने सेवा/कार्यक्रमको लागि चयन गरिएका विशेष समितिहरू यस प्रकार छन् :
1. Mr. Chiranjivi Rai, संयोजक बेल्डाँगी सेवा/कार्यक्रम (भूतपूर्व क्याम्प सचिव गोल्डाप)
2. Mr. Champa Singh Khaling, संयोजक पथरी सेवा( भूतपूर्व क्याम्प सचिव पथरी)
3. Mr. Padam Chongnbang, सेवा पुजा र सेवासावा भेलाको संयोजक (माङसेवासाबा प्रमुख बेल्डाँगी)
4. Mr. Sancha Hang Khewa, संयोजक Soccer Tournament Camp Committee (क्याम्प सचिव बेल्डाँगी)
माङसेबुङ भ्रमण २०२३ को दौरानमा मंसीर १० गते गरिने भेलाको सहज कर्ताहरू :
1. Mr. Nabin Lingden, कि.ध.त.सा.उ.स. केन्द्रीय उपाध्यक्ष
2. Mr. Bhagihang Nembang (सचिव किरात प्रज्ञा प्रतिष्ठान नेपाल) र
3. Suman Lawati , सन्चारकर्मी तथा युवा समाजसेवी
नोगेन
सुकमान सुहाङ
संयोजक
माङसेबुङ भ्रमण २०२३
सम्पर्क नम्बर : (615)-891-8479

सम्बन्धित खवर