संयुक्त संघर्ष समितिले गरे मेची राजमार्ग ठप्प - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संयुक्त संघर्ष समितिले गरे मेची राजमार्ग ठप्प

मंसिर १२, इलाम । प्रदेश नम्बर १ पुनः नमाकरण संयुक्त संघर्ष समितिले मेची राजमार्ग बन्द गरेको छ । बन्दका कारण मेची राजमार्गको ताप्लेजुङदेखि झापासम्म यातायात ठप्प छ ।

झुटो आरोपमा आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै बिना सर्त छोड्नु पर्ने माग राख्दै पहिचानवादीहरुले मेची राजमार्ग ठप्प पारेका हुन् ।

ताप्लेजुङ आएका एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई कालो झण्डा देखाउनुका साथै गाडी तोडफोड गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका २ जना पहिचानवादी कार्यकर्ता विविन कन्दङवा र आनन्द काङ्लिवालाई झुटो आरोप लगाएर मंसिर ११ गते पक्राउ गरेको थियो ।

‘पक्राउ परेका हाम्रा कार्यकर्ता रिहाई नभएसम्म राजमार्ग ठप्प बनाउँछौ, नेता सागर केरुङले भने, ‘हाम्रो शान्तिपूर्ण आन्दोलनलाई दमन गर्न खोजे सरकारले ठूलो मूल्य चुकाउनु पर्नेछ ।’

तमोर करिडोर हुँदै ताप्लेजुङ जाने बाटो पनि बन्द गर्ने भएको छ । ताप्लेजुङमा दुइजना पक्राउ परेको विना सर्त नछुटाए सम्म अनिश्चितकालीन बन्द हुने पहिचानवादी नुनाम केरुङले चेतावनी दिएका छन् ।

‘सबैलाई सम्भाउछौं, अनुरोध गर्छौं, जबर्जस्ती गरे मान्छे र गाडी जलाउँछौं’ पहिचानवादी नुनाम केरुङले भने, ‘पाँचथरको सदरमुकाम फिदिममा सदरमुकाम देखी ताप्लेजुङ जाने सबै गाडीहरू रोक्दै मान्छे ओराल्छौं ।’

उनले आज सम्म शान्तिपूर्ण आन्दोलन हुने र आफ्नो मान्छेलाई नछोडे भोलि देखि सरकारी कार्यलयहरु सबै बन्द गर्ने बताए ।

सम्बन्धित खवर