प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिको बन्दका कारण मेची राजमार्ग ठप्प - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिको बन्दका कारण मेची राजमार्ग ठप्प

पुस १८, दमक । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले आज (बुधबार) र भोलि (बिहिबार) आह्वान गरेको मेची राजमार्ग बन्दका कारण आज बुधबार राजमार्ग ठप्प भएको छ ।

संघर्ष समितिले पहिचानवादी नेता बुलेट किराती (अन्जेश राई) को रिहाईको माग गर्दै आज (बुधबार) र भोलि (विहीबार) मेची राजमार्ग बन्दको आह्वान गरेको हो ।

संघर्ष समितिले आह्वान गरेको मेची राजमार्ग बन्दका कारण झापादेखि इलाम, पाँचथर र ताप्लेजुङ जाने सार्वजनिक यातायातका सवारी साधन ठप्प भएको हो ।

आन्दोलनकारीहरु बिहानै सडकमा निस्किएर टायर बालेर सवारी साधन बन्द गराउँदै हिँडेका छन् ।

सवारी साधन नचल्दा इलाम, झापा, पाँचथर र ताप्लेजुङको जनजीवन प्रभावित बनेको छ ।

किरातीलाई गत पुस १ गते संघर्ष समितिले आह्वान गरेको प्रदेश यातायात बन्दको क्रममा इलामको मेची राजमार्ग खण्डमा पराल बोकेको पिकअप गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

संघर्ष समितिले आफ्नो कार्यकर्तालाई झुटो मुद्धा लगाएर फसाउन खोजेको भन्दै रिहाईको माग गर्दै आएको छ ।

सम्बन्धित खवर