- आन्छुमे नसान
माघ १९, काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ५ का बिजेता गायक बिनोद राईको आवाजमा सजिएको गित ‘निबुखोले सोल्टिनी’ सार्वजनिक गरिएको छ ।
किरण चाम्लिङ राईको निर्देशनमा गंगा गगनको शब्दमा बिनोदकै संगीत रहेको गित ‘निबुखोले सोल्टिनी’को म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
लिम्बू संसकारमा आधारित विबाह र विबाहमा पाहुना प्रति गरिने परम्परागत चाल चलन र प्रेमलाई प्रस्तुत गरिएको भिडियोमा भुपेन्द्र तुम्बाहाङफेको छायांकन तथा गोपाल दर्जीको सहायक छायांकन रहेको छ भने अनिल सुब्बा र परिक्षा लिम्बू, दीपना राई, शुभम चाम्लिङ राई र सोनिया थलङले अभिनय गरेका छन् ।
शसिका राई र बिकास लिम्बू तुम्बापोको समेत आवाज रहेको गितको भिडियोमा डिम्पल सुब्बाको मेकअप तथा अनिल रानाको सम्पादन रहेको छ ।
देबेश राईको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गितलाई सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङ राईले रेकर्ड गरेका हुन् ।
थैली इन्टरटेन्मेन्टको पोष्ट प्रडक्शन रहेको भिडियो गायक बिनोद राईकै अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…