टी–२० सिरिजको अन्तिम खेलमा आयरल्यान्ड उल्भ्समाथि नेपालको रोमाञ्चक जित - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

टी–२० सिरिजको अन्तिम खेलमा आयरल्यान्ड उल्भ्समाथि नेपालको रोमाञ्चक जित

चैत १९, माङसेबुङ । तीन टी–२० सिरिज अन्तर्गत अन्तिम खेलमा आयरल्यान्ड उल्भ्समाथि नेपाल ‘ए’ रोमाञ्चक जित हासिल गरेको छ ।

टियु मैदानमा सोमबार सम्पन्न खेलमा पाहुना टोली आयरल्यान्डलाई ३ रनले हराउँदै नेपालले रोमाञ्चक जित हासिल गरेको हो ।

नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १० रन मात्रै बनाउन सक्यो ।

यो सँगै टी–२० सिरिज २–१ ले आयरल्यान्ड उल्भ्सले कब्जा गरेको छ । पहिलो खेलमा नेपाल २१ रन र दोस्रो खेल ४० रनले पराजित भएको थियो ।

सम्बन्धित खवर