हाङको निर्देशनमा केसामी ‘साङ्साङ् नु सेसे युङसीररो’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङको निर्देशनमा केसामी ‘साङ्साङ् नु सेसे युङसीररो’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

बैशाक २, दमक । निर्देशक हाङ चेम्जोङको निर्देशनमा याक्थुङ लिम्बूहरुको लोपन्मुख अवस्थामा रहेको केसामी ‘साङ्साङ् नु सेसे युङसीररो’ सार्वजनिक गरिएको छ ।

युप्पारुङ केरुङको मुन्धुम, शान्ता केरुङको मुन्धुम संकलन सम्पादन तथा यादन सेर्मा नुनामको लय संकलन रहेको याक्थुङ मौलिक केसामी साम्लो ‘साङ्साङ् नु सेसे युङसीररो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

केसामी साम्लोमा सुमन लिम्बुको आवाज रहेको छ भने, निरन्ता नेम्बाङ, गंगा लिम्बु, इन्दिरा नेम्बाङ, जेपी नेम्बाङ र बिवश नेम्बाङको कोरस आवाज रहेको छ ।

उदय बेघाको च्याब्रुङ कोरियोग्राफिमा उदय बेघा, मिना नेम्बाङ, हिमाल लिम्बु, शान्ता केरुङ, जिबन केदेम, युप्पारुङ केदेम, दुर्गा तुम्सा, कर्मिला आङ्देम्बे, दास माया लिङ्देन, सबिता लावती, चन्दृका लावती, अनिशा लावती, चेसुङ योङ्हाङ, अबि चेम्जोङ र युनिशा चाम्लिङ राई लगायतको अभिनय रहेको छ ।

मनोज साङ्सोन राईको संगिीत संयोजनमा किङग् स्टुडियोमा सुरेश पायल राईले रेकर्ड गरेको गितको भिडियोमा सुमन तामाङ छायांकन र कृष्ण सुबेदीको मेकअप रहेको छ ।

भिडियो लिम्बू कल्चर क्रिएशन युट्यूव च्यानलबाट सार्वजनिक गरिएकको हो ।

साम्लो हेर्नुहोस…

सम्बन्धित खवर