नेपाल दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’सँग पराजित - Mangsebung News
  • सोमबार, बैशाख ३१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’सँग पराजित

बैशाक १६, माङसेबुङ । नेपाल र वेस्ट इन्डिजविचको ५ खेलको टी–२० शृंखला अन्तर्गत दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग १० रनले पराजित भएको हो । योसँगै वेस्ट इन्डिजले शृंखलामा १–१ को बराबरी बनाएको छ ।

वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन मात्र बनाउन सक्यो ।

नेपालका लागि रोहित पौडेलले ७१ रनको अर्धसतकिय पारी खेले । यस्तै गुल्शनकुमार झाले २६ रन, लोकशबहादुर बमले १७ रन र आरिफ शेखले १२ रन बनाउदा कुशल भुर्तेलले २ रन, अनिलकुमार साहले १ रन, दीपेन्द्रसिंह ऐरीले ३ र सोमपाल कामीले ३ रन बनाए ।

वेस्ट इन्डिजका ओबेद म्याक कोए र गुडाकेश मोतीले २÷२ विकेट तथा ओशान थोमस र रोस्टन चेजले १/१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो ।

वेस्ट इन्डिजको जितमा गुडाकेश मोतीले ३३ रन, म्याथ्यू फोर्डेले ११ रन र आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाउदा रोस्टन चेजले २३ रन, जोनसन चार्ल्सले ११ रन र केसी क्यार्थीले १० रन बनाए ।

नेपालका लागि सागर ढकाल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले २/२ विकेट तथा सोमपाल कामीले १ विकेट लिए ।

सम्बन्धित खवर