वेस्ट इन्डिज ‘ए’सँग नेपालको लगातार दोस्रो हार - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

वेस्ट इन्डिज ‘ए’सँग नेपालको लगातार दोस्रो हार

बैशाक १९, माङसेबुङ । पाहुना टोली वेस्ट इन्डिज ‘ए’सँगको तेस्रो खेलमा नेपाल पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा घरेलु टोली नेपाल वेस्ट सँग इन्डिज ७६ रनले पराजित भएको हो । यो नेपालको लगातार दोस्रो हार हो ।

वेस्ट इन्डिजले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १५१ रन मात्रै बनायो ।

नेपालका लागि लोकेश बम र करण केसीले २८÷२८ रन बनाउदा कुशल मल्लले २० रन, विनोद भण्डारीले १९ रन र अनिलकुमार साह १४ रन बनाए ।

यस्तै आरिफ शेखले ३ रन, गुल्शनकुमार ले ६ रन, कप्तान दीपेन्द्रसिंह ऐरीले ७ रन, विवेककुमार यादवले ३ रन र कमलसिंह ऐरीले ६ रन मात्र बनाउन सक्यो । सागर ढकाल भने ३ रनमा अविजित रहे ।

वेस्ट इन्डिजका हेडेन वाल्शले सर्वाधिक ३ विकेट लिँदा, गुडाकेश मोटीले २ तथा म्याथ्यू फोर्डे, ओबेद म्याक कोए र फेबियन एलेनले समान १÷१ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनाएको थियो ।

वेस्ट इन्डिजको जितमा जोनसन चार्ल्सलेअविजित रहँदै ११९ रनको सतकीय पारी खेले । यस्तै आन्द्रे फ्लेचरले ५३ रन, फेबियन एलेनले १९ रन र एलिक एथानाजले १७ रन बनाउँदा, किमो पल १३ रनमा अविजित रहे ।

नेपालका करण केसी र सागर ढकालले १÷१ विकेट लिए ।

योसँगै पाहुना टोली वेस्ट इन्डिजले ५ खेलको टी–२० शृंखलामा २–१ को अग्रता बनाएको छ ।

सम्बन्धित खवर