बैशाक २२, दमक । विश्व कपको तयारीमा रहेको घरेलु टोली नेपालले पाहुना टोली वेस्ट इन्डिज ‘ए’ विरुद्धको अन्तिम खेलमा सानदार जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले इन्डिज ‘ए’लाई ६ विकेटले पराजित गर्दै सानदार जित निकालेको हो । योसँगै ५ खेलको टी–२० शृंखला वेस्ट इन्डिजले ३–२ ले कव्जा गरेको छ ।
वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।
नेपालको जितमा अनिल साहले सर्वाधिक ५८ रनको अर्धसतकिय पारी खेलेका थिए भने आशिफ शेखले ५१ रनको अर्धसतकीय पारी खेले ।
यस्तै ओपनर कुशल भुर्तेलले १३ रन र दीपेन्द्रसिंह ऐरीले ५ रन बनाउँदा कुशल मल्ल ३७ रनमा र रोहितकुमार पौडेल शून्य रनमा अविजित रहे ।
वेस्ट इन्डिजका लागि ओबेल म्याकोइले सर्वाधिक ३ विकेट लिँदा म्याथ्यू फोर्डेले १ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनायो ।
वेस्ट इन्डिजका एलिक एथानजेले अविजित रहँदै सर्वाधिक ४१ रन बनाउँदा कप्तान रोस्टन चेल्सले ३३ रन बनाए । यस्तै, जोनसन चार्ल्सले २४ रन, म्याथ्यू फोर्डेले २३ रन बनाउनु बाहेक अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालका लागि सोमपाल कामी र सागर ढकालले समान ३/३ विकेट लिँदा अविनाश बोहराले १ विकेट लिए ।