क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ, क्यानले ग¥यो उनको निलम्बन फुकुवा - Mangsebung News
  • शनिबार, फागुन ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ, क्यानले ग¥यो उनको निलम्बन फुकुवा

जेठ २, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएका छन् ।

बुधबार न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको हो ।

नेपाल क्रिकेट संघ (क्यान)ले उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ ।

निलम्बन फुकुवा भएसँगै क्यानले क्रिकेटर सन्दीप लामिछानेलाई आइसिसी टी–२० विश्वकप–२०२४ खेल्न अमेरिका र वेस्टइन्डिज पठाउने भएको छ ।

सन्दीपलाई बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले गत १३ पुसमा दोषी ठहर गरेको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपुर्ति भराउन आदेश दिएको थियो ।

त्यसपछि उनी गत १० फागुनमा जिल्ला अदालतको आदेश विरुद्ध पुनरावेदन गर्न उच्च अदालत पाटन पुगेका थिए ।

सम्बन्धित खवर