भारतीय कप्तान सुनील क्षेत्रीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भारतीय कप्तान सुनील क्षेत्रीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

जेठ ३, माङसेबुङ । भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् ।

सुनीलले फिफा विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्ध जुन ६ मा हुने खेलपछि सन्न्यास लिने सामाजिक सञ्जाल एक्समा एक भिडियो सन्देशमार्फत घोषणा गरेका हुन् ।

यू–२० र यू–२३ टोलीबाट आफ्नो परिचय बनाएका ३९ वर्षीय स्ट्राइकर सुनीलले सन् २००५ मा सिनिअर टोलीमा डेब्यू गरेका थिए ।

भारतीय टोलीबाट १ सय ५० खेल खेलेका उनले ९४ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

सम्बन्धित खवर