दमकमा प्रहरी र पत्रकारले फुटसल खेलेर पहिलो फुटबल दिवस मनाए - Mangsebung News
  • सोमबार, असार ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा प्रहरी र पत्रकारले फुटसल खेलेर पहिलो फुटबल दिवस मनाए

जेठ १३, दमक । झापाको दमकमा पत्रकार र प्रहरीबीच मैत्रिपूर्ण फुटसल खेलेर विश्व फुटबल दिवस मनाइएको छ ।

दमक १ भाङबारीस्थित स्प एनि फुटसल कोर्टमा पत्रकार मञ्च दमक र इलाका प्रहरी कार्यालय दमकबीच मैत्रिपूर्ण फुटसल खेल सम्पन्न भएको हो । खेल ५–५ को बराबरीमा सकिएको थियो ।

इलाका प्रहरी कार्यलयको टोलीको कप्तानी डिएसपी निशान थापाले गरेका थिए भने पत्रकार टोलीको कप्तानी मञ्चका अध्यक्ष कमन देवानले गरेका थिए ।

खेलपछि प्रतिक्रिया दिँदै पत्रकार मञ्च दमकका अध्यक्ष देवानले भने –‘हामीले विश्व फुटबल दिवस भव्य रूपमा मनाउन सकेनौं, तर सुरुवात भने गर्यौं ।’
विश्वभर खेलहरु मध्ये अत्यधिक रुचाइने फुटबल खेलको सम्मानमा यसै वर्षदेखि मे २५ तारिकमा विश्व फुटबल दिवस मनाउन सुरु भएको हो ।

पेरिसमा आयोजित सन् १९२४ को ग्रिष्मकालिन ओलम्पिकमा पहिलो पटक फुटबल खेल समावेश गरिएको थियो । फुटबलको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता सन् १९२४ को मे २४ तारिकमा खेलाइएको स्मरणमा विश्व फुटबल दिवस मनाउने संकल्प प्रस्ताव संयुक्तराष्ट्र संघले गत मे ७ तारिखको दिन महासभाबाट पारित गरेको हो ।

 

सम्बन्धित खवर