आईसीसी टी–२० विश्वकप : पहिलो खेलमै नेदरल्यान्ड्ससँग नेपाल पराजित - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईसीसी टी–२० विश्वकप : पहिलो खेलमै नेदरल्यान्ड्ससँग नेपाल पराजित

जेठ २३, माङसेबुङ । आइसिसी टी–२० विश्वकपमा नेपाल पहिलो खेलमै नेदरल्यान्ड्ससँग पराजित भएको छ ।

मंगलबार राति अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा भएको समूह डीको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

नेदरल्यान्ड्सको जितमा म्याक ओ डाओडले सर्वाधिक ५४ रन बनाउँदा विक्रमजीत सिंहले २२ रन र साइब्रेन्ड एन्गलब्रेख्तले १४ रन बनाए । यस्तै बास डे लीडे ११ रनमा अविजित रहँदा अन्यको प्रदर्शन भने राम्रो हुन सकेन ।

नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहरा समान १र१ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन मात्र बनाउँन सक्यो ।

नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३५ रन बनाउँदा करण केसीले १७ रन र गुल्शनकुमार झाले १४ रन बनाए । यस्तै अनिल साह ११ रन बनाउनु बाहेक नेपालका अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेदरल्यान्ड्सका टिम प्रिन्गल र लोगान भ्यान वीकले समान ३/३ विकेट लिए भने पाउल भ्यान मिकरेन र बास डे लीडेले समान २/२ विकेट लिन सफल भए ।

तस्विर : क्यान/आईसीसी

सम्बन्धित खवर