जेठ २३, माङसेबुङ । आईसीसी टी–२० विश्वकपअन्तर्गत आज बुधबार भारतले पहिलो खेलमा आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।
न्यूयोर्कमा हुने खेल नेपाली समयअनुसार राति ८ : १५ बजे सुरु हुनेछ ।
टी–२० मा यी दुई टोलीबीचको यो नवौं खेल हुनेछ । भारत र आयरल्यान्डबीच हालसम्म भएका आठमध्ये भारतले सात खेल जितेको छ भने एक खेल रद्द भएको छ ।