आइसीसी टी–२० विश्वकप : भारतको विजयी सुरुवात - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आइसीसी टी–२० विश्वकप : भारतको विजयी सुरुवात

जेठ २४, माङसेबुङ । आइसीसी टी–२० विश्वकपमा भारतले विजयी सुरुवात गरेको छ ।

बुधबार राति नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, न्यूयोर्कमा सम्पन्न खेलमा आयरल्यान्डलाई ८ विकेटले पराजित गर्दै भारतले विजयी सुरुवात गरेको हो ।

आयरल्यान्डले दिएको ९७ रनको झिनो लक्ष्य भारतले १२.२ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो ।

भारतको जितमा कप्तान रोहित शर्माले सर्वाधिक ५२ रन बनाएर रिटायर्ड हर्ट हुँदा ऋषभ पन्त ३६ रनमा अविजित रहे । यस्तै विराट कोहलीले १ रन र सूर्यकुमार यादव २ रनमा आउट भए ।

आयरल्यान्डका मार्क ऐडेयर र बेन व्हाइटले समान १ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यन्डले १६ ओभरमा सबै विकेट गुमाउँदै ९६ रनमात्र बनाउन सक्यो ।

आयरल्यान्डका लागि ग्यारेथ डेलानीले सर्वाधिक २६ रन बनाउँदा जोश लिटिलले १४ रन र कर्टिस कैम्फरले १२ रन बनाए । यस्तै लोर्कन टकरले १० रन बनाउँदा बेन व्हाइट दुई रनमा अविजित रहे ।

भारतका लागि हार्दिक पाड्याले सर्वाधिक ३ विकेट लिँदा अर्शदीप सिंह र जसप्रीत बुहराहले समान २ विकेट लिए । यस्तै मोहम्मद सिराज र अक्षर पटेलले समान १ विकेट लिएका थिए ।

सम्बन्धित खवर