जेठ २४, माङसेबुङ । विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालले आज बिहीबार साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
खेल नेपाली समय अनुसार राति ९ः ४५ बजेबाट सुरु हुने छ ।
एएफसीले दशरथ रंगशाला विश्वकप छनोटका खेल सञ्चालन गर्न अयोग्य ठहर गरेपछि नेपालले युएईविरुद्धको ‘होम म्याच’ साउदी अरबको दमाममा खेल्न लागेको हो ।