विश्वकप छनोटमा युएईसँग नेपाल ४–० ले पराजित - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप छनोटमा युएईसँग नेपाल ४–० ले पराजित

जेठ २५, माङसेबुङ । विश्वकप २०२६ छनोट तथा एएफसी एसियन कप २०२७ छनोटअन्तर्गत दोस्रो चरणको खेलमा युएईसँग नेपालले हार व्येहोरेको छ ।

बिहीबार राति साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा भएको खेलमा युएईसँग नेपालले ४–० गोल अन्तरले हार व्येहोरेको हो ।

युएईको जितमा खेलको पहिलो हाफको १२ औं र १४औं मिनेटमा हरिब अब्दुल्ला सुहेलले गोल गरेका थिए भने दोस्रो हाफकोे ५३ औं मिनेटमा आली सालेह र ७५औं मिनेटमा हाजेम मोहम्मदले गोल गरेका थिए ।

नेपाल पहिलो चरणको खेलमा पनि युएईसँग ४–० गोल अन्तरले नै पराजित भएको थियो ।

समूह एचको शीर्ष स्थानमा रहेको युएईले पाँच खेलबाट शतप्रतिशत जितसहित १५ अंक जोडेको छ भने नेपाल अंकविहीन पुछारमा रहेको छ ।

सम्बन्धित खवर