आईसीसी टी–२० विश्वकप : पाकिस्तान माथि भारतको रोमाञ्चक जित - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईसीसी टी–२० विश्वकप : पाकिस्तान माथि भारतको रोमाञ्चक जित

जेठ २८, माङसेबुङ । आईसीसी टी–२० विश्वकपको बहुप्रतिक्षित खेलमा भारतले पाकिस्तानमाथि रोमाञ्चक जित हासिल गरेको छ ।

आइतबार राति नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा पाकिस्तानलाई ६ रनले पारजित गर्दै रोमाञ्चक जित हासिल गरेको हो ।

भारतले दिएको १२० रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११३ रन मात्रै बनाउन सक्यो ।

पाकिस्तानका ओपनर मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाउँदा इमाद वसिमले १५ रन बनएर आउट भए । यस्तै बाबर आजम, उस्मान खान र फखर जमानले समान १३ रन बनाए ।

भारतका जसप्रीत बुमराहले सर्वाधिक तीन विकेट लिँदा हार्दिक पाण्ड्या २ तथा अर्सदीप सिंह र अक्षर पटेलले समान १ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै विकेट गुमाउँदै ११९ रन मात्र बनाउन सकेको थियो ।

भारतका लागि ऋषभ पन्तले सर्वाधिक ४२ रन बनाउँदा अक्षर पटेल २० र कप्तान रोहित शर्माले १३ रन बनाए । अन्यले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

पाकिस्तानका हारिस रउफ र नसिम शाहले समान ३ विकेट लिँदा मोहम्मद आमिरले २ र शाहिन शाह अफ्रिदीले १ एक विकेट लिए ।

सम्बन्धित खवर