जेठ ३०, माङसेबुङ । नेपालले फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत अन्तिम खेलमा यमनसँग बराबरी खेलेको छ ।
मंगलबार राति साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद रंगशालामा भएको खेलमा अतिरिक्त समयमा सम्हालिन नसक्दा नेपाल २–२ गोलको बराबरीमा रोकिएको हो ।
समूह एच मा रहेको नेपाल यसअघि सम्पन्न पहिलो लेगमा यमनसँग २–० ले पराजित भएको थियो ।
नेपालका लागि सञ्जीव विष्ट र जिलेस्पीजंग कार्कीले गोल गरेका थिए । यमनका नासेर मोहम्मद र मोहम्मद अल दहीले गोल फर्काए ।
यमनका नासेर मोहम्मदले खेलको नवौँ मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको २२औँ मिनेटमा सञ्जीवले गोल गोर्दै नेपाललाई बराबरीमा फर्काएका थिए ।
त्यसपछि नेपाललाई जिलेस्पीले दोस्रो हाफको ६६औँ मिनेटमा गोल गर्दै २–१ को अग्रता दिलाए । तर, अतिरिक्त समयको पहिलो मिनेटमा मोहम्मद अल दहीले गोल गर्दै खेल २–२ को बराबरी फर्काए ।
योसँगै नेपालले एक अंक जोडेको छ भने, यमनले भने पाँच अंक जोडेको छ । नेपालको विश्वकप र एसियन छनोटको यात्रा सकिएको छ ।