आईसीसी टी–२० विश्वकप : नेपाल र श्रीलंकाबीचको खेल रद्द - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईसीसी टी–२० विश्वकप : नेपाल र श्रीलंकाबीचको खेल रद्द

जेठ ३०, माङसेबुङ । अमेरिका र वेस्ट इन्डिजमा जारि आईसीसी टी–२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंका बीचको खेल वर्षाको कारण रद्द भएको छ ।

मंगलबार रातिदेखि लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकेर नेपाल र श्रीलंका बीचको खेल रद्द भएको हो ।

आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलको मात्रै रिजर्भ डे राखिएकाले दुवै टोलीले एक/एक अंक बाँडेका छन् ।

नेपाल र श्रीलंकाका दुवै खेलाडीले समर्थकलाई धन्यवाद दिएका छन् । नेपाली समर्थकको रंगशालामा बाक्लो उपस्थिति थियो ।

नेपालले अवको खेल वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग शनिबार र सोमबार बंगलादेशसँग खेल्ने छ ।

सम्बन्धित खवर