आईसीसी टी–२० विश्वकप : नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित - Mangsebung News
  • बुधबार, असार १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईसीसी टी–२० विश्वकप : नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित

असार १, माङसेबुङ । आईसीसी टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकसँग एक रनले पराजित भएको छ ।

शनिबार बिहान सेन्ट भिन्सेन्टमा भएको रोमाञ्चक खेलमा नेपालले दक्षिण अफ्रिकसँग एक रनले पराजित भएको हो । योसँगै नेपालको सुपर आठमा पुग्ने सम्भावना सकिएको छ ।

नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो । गुलशनले तेस्रो बलमा चौको र चौथो बलमा दुई रन बटुलेका थिए ।

दुई बलमा दुई रन चाहिएको थियो । गुलशन झालाई ओटनिल बार्टमानले डट राखे । अन्तिम बल मिस गरेका गुलशन नन स्ट्राइकमा रन आउट भए ।

दक्षिण अफ्रिकाले दिएको ११६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन मात्र बनाएको थियो ।

नेपालका ओपनर आसिफ शेखले सर्वाधिक ४२ रन बनाउदा कुशल भुर्तेलले १३ रन बनाए । यस्तै अनिल साह २७ रन, दीपेन्द्रसिंह ऐरीले ६ रन, सोमपाल कामीले ८ रन र गुलशन झाले ६ रन बनाएका थिए ।

दक्षिण अफ्रिका तबरेज शाम्सीले ४ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।

ओपनर रिजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाउदा हेनरिक क्लासेनले ३ रन, डेविड मिलरले ७ रन र ट्रिस्टन स्टब्सले २७ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिदा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए ।

सम्बन्धित खवर