युरोकप २०२४ : स्कटल्याण्डमाथि जर्मनीको सानदार जित - Mangsebung News
  • बुधबार, असार १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोकप २०२४ : स्कटल्याण्डमाथि जर्मनीको सानदार जित

असार १, माङसेबुङ । युरोकप–२०२४ मा आयोजक टिम जर्मनीले विजयी सुरुवात गरेको छ ।

शुक्रबार राति म्युनिखस्थित एलिएन्ज उरेनामा भएको उद्घाटन खेलमा समूह ए मा रहेको जर्मनीले स्कटल्याण्डलाई ५–१ गोल अन्तरले हराउँदै सानदार जितका साथ विजयी सुरुवात गरेको हो ।

जर्मनीको जितमा फ्लोरियन विट्ज, जमाल मुसिएला, काई हाभार्ट्ज, निकलस फुलकक र इम्रे चानले गोल गरेका थिाए । यस्तै स्कटल्याण्डका लागि जर्मनीकै एन्टोनी रुडिगरले आत्मघाती १ गोल गरेका थिए ।

पहिलो हाफको ४४औं मिनेटमा राएन पोर्टेओसले रातो कार्ड पाएपछि स्कटल्याण्ड दश खेलाडीमा समेटिएको थियो ।

युरोकप–२०२४ मा आज समूह चरणका तीन खेल हुनेछन् । जसमा समूह एमा रहेका हंगेरी र स्विट्जरल्याण्डबीच नेपाली समय अनुसार साँझ ६ः४५ बजे खेल हुनेछ ।

यस्तै समूह बी मा रहेको स्पेन र क्रोएसियाबीच राति ९ः४५ बजे खेल हुनेछ भने र समूह बी कै इटली र ल्वानियाबीच मध्यराति १२ः४५ बजे खेल हुनेछ ।

सम्बन्धित खवर