असार २, माङसेबुङ । युरोकप २०२४ मा स्पेनले क्रोएसियाबिरुद्ध सानदार जित निकालेको छ ।
शनिबार राति ओलम्पिक स्टेडियममा भएको समूह बी को खेलमा क्रोएसियालाई ३–० गोल अन्तरले पराजित गर्दै सानदार जित निकालेको हो ।
स्पेनको जितमा अल्भारो मोराटा, फेबियन रुइज र ड्यानी कार्भाजले गोल गरेका थिए ।