भोलिबाट दमकमा मोबाइल पत्रकारिता तालिम हुने - Mangsebung News
  • मङ्गलबार, जेठ ०५, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भोलिबाट दमकमा मोबाइल पत्रकारिता तालिम हुने

असार ६, दमक । झापाको माइ पश्चिम तथा इलामको माङसेबुङ र चुलाचुली गाउँपालिकको साझा संस्था पत्रकार मञ्च दमकको आयोजनामा ३ दिने मोबाइल पत्रकारिता तालिम हुने भएको छ ।

भोलि असार ७ देखि ९ गते सम्म झापाको दमक ८ स्थित मञ्चको सभाहलमा तालिम सञ्चालन हुने भएको हो ।

माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुने तालिममा माङसेबुङ स्थायी घर भई हाल दमक लगायत आसपासको क्षेत्रमा बसेर अध्ययन गरिरहेका विधार्थीहरु, माङसेबुङका पत्रकारिता क्षेत्रमा लागिरहेका व्यक्तिहरु तथा पत्रकारिता गर्न इच्छुक युवाहरुले सहभागिता जनाउन सक्ने मञ्चका अध्यक्ष कमन देवानले जानकारी दिए ।

उनका अनुसार तालिममा ९० प्रतिशत माङसेबुङ गाउँपालिकाका प्रशिक्षार्थी रहने छन् भने १० प्रतिशत मञ्चबाट सिफारिस प्रशिक्षार्थीको सहभागी रहने छ ।

उनले मोबाइल पत्रकारिता आजको आवश्यकता रहेकोले यो तालिमको आयोजना गरिएको बताए ।

सम्बन्धित खवर