कोपा अमेरिकामा अर्जेन्टिनाको विजयी सुरुवात - Mangsebung News
  • बिहिबार, साउन ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोपा अमेरिकामा अर्जेन्टिनाको विजयी सुरुवात

असार ७, माङसेबुङ । साविक विाजेता अर्जेन्टिनाले कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ ।

शुक्रबार विहान मर्सिडीज बेन्ज स्टेडियममा भएको खेलमा क्यानडालाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले विजयी सुरुवात गरेको हो ।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लाउटारो मार्टिनेजको गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा ४९ औं मिनेटमा म्याक एलिस्टरको पासमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि खेलको ८८ औं मिनेटमा लिओनल मेसीको पासमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २–० को जित दिलाए ।

सम्बन्धित खवर