आइसिसी टी–२० विश्वकपमा अस्ट्रेलियामाथि अफगानिस्तानको जित - Mangsebung News
  • बुधबार, मङि्सर २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आइसिसी टी–२० विश्वकपमा अस्ट्रेलियामाथि अफगानिस्तानको जित

असार ९, माङसेबुङ । आइसीसी टी–२० विश्वकपमा अफगानिस्तानले अस्ट्रेलियामाथि रोमाञ्चक जित हासिल गरेको छ ।

आइतबार बिहान भएको सुपर एटको दोस्रो खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले पराजित गर्दै अफगानिस्तानले रोमञ्चक जित हासिल गरेको हो ।

अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन मात्रै बनाउन सक्यो ।

अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले सर्वाधिक ५९ रन बनाउँदा कप्तान मिचेल मार्शले १२ रन र मार्कस स्टोनियसले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

अफगानिस्तानका गुलबदीन नईबले सर्वाधिक ४ विकेट लिँदा नवीन उल हकले ३ विकेट अजमतउल्लाह ओमरजाई र मोहम्मद नबीले समान एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तान निर्धरित २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रन बनाएको थियो ।

अफगानिस्तानका गुरबाजले सर्वाधिक ६० रन बनाउँदा इब्राहिमले ५१ रन, करिम जनतले १३ रन र मोहम्मद नाबी १० रनमा अविजित रहे ।

अस्ट्रेलियाका प्याट कमिन्सले सर्वाधिक ३ विकेट लिँदा एडम जाम्पाले २ र मार्कस स्टोयनिसले १ विकेट लिए । प्याट कमिन्सले ह्याट्रिक विकेट लिएका हुन् ।

अफगानिस्तानसँग पराजित भएसँगै अस्ट्रेलियाले सेमीफाइनलको यात्रा तय गर्न अन्तिम खेलको नतिजा कुर्नुपर्ने भएको छ । अस्ट्रेलियाले अन्तिम खेल भारतसँग खेल्ने छ ।

जितसँगै सुपर एटको समूह १ मा अफगानिस्तानले दुई अंक जोडेको छ । यद्यपि, अफगानिस्तान अस्ट्रेलियासँग रनरेटमा पछाडि छ । यो समूहबाट भारत सेमिफाइनलमा पुगिसकेको छ ।

सम्बन्धित खवर