साविक विजेता अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा - Mangsebung News
  • बिहिबार, साउन ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साविक विजेता अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

असार २६, माङसेबुङ । साविक विजेता अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार विहान मेटलाइफ स्टेडियम, न्यू जर्सीमा भएको सेमिफाईनल खेलमा क्यानडालाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना लगातार फाइनलमा प्रवेश गरेको हो ।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र कप्तान लिओनल मेसीले एक एक गोल गरे ।

खेलको २३ औं मिनेटमै रोड्रिगो डे पाउलको पासलाई सदुपयोग गर्दै जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ५१ औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा कप्तान लिओनल मेसीले गोल गर्दै जित दिलाए । जारी प्रतियोगितामा मेसीको यो पहिलो गोल हो ।

सम्बन्धित खवर