असार २७, माङसेबुङ । कोलम्बिया कोपा अमेरिकाको फाइलनमा प्रवेश गरेको छ ।
बिहीबार विहान भएको खेलमा उरुग्वेलाई १–० को गोल अन्तरले हराउँदै कोलम्बिया फाइलनमा प्रवेश गरेको हो । योसँगै उपाधिका लागि अर्जेन्टिनासँग भेट पक्का गरेको छ ।
खेलको ३९ औँ मिनेटमा कोलम्बियाको जितमा जेफरसन लेर्माले निर्णायक गोल गरेका थिए ।
उपाधिका लागि कोलम्बियाले सोमबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।