कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई - Mangsebung News
  • शनिबार, फागुन ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

असार ३१, माङसेबुङ । कोपा अमेरिका २०२४ को उपाधि अर्जेन्टिनाले चुमेको छ ।

लाउटारो मार्टिनेजले अतिरिक्त समयमा गोल गरेसँगै अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक कोपा अमेरिकाको उपाधि जितेको छ।

सोमबार बिहान मियामीस्थित हार्ड रक स्टेडियममा भएको फाइनल खेलमा कोलम्बियालाई १–० गोलअन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि चुमेको हो ।

अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक कोपा अमेरिकाको उपाधि जितेको छ । अर्जेन्टिनापछि उरुग्वेले १५औं पटक, ब्राजिलले नौ पटक जित्दा पाराग्वे र चिलीले दुई÷दुई पटक जितेका छन् ।

अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेजले एकमात्र निर्णायक गोल गरे । उनले ११२औं मिनेटम गोल गरेका हुन् ।

खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि अतिरिक्त ३० मिनेट समय थप गरिएको थियो ।

अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले ‘गोल्डेन ग्लोभ्स’ जितेका छन् । उनले पाँच खेलमा ‘क्लिन सिट’ राखेका थिए ।

यसैगरी अर्जेन्टिनाका लाउटारो मार्टिनेले गोल्डेन बुट जितेका छन् । उनले सर्वाधिक ६ गोल गरेका छन् ।

कोलम्बियाली कप्तान जेम्स रोड्रिग्वेज उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले आफ्नो कप्तानीमा कोलम्बियालाई अपराजित राख्दै २३ वर्षपछि फाइनल पु¥याएका थिए ।

सम्बन्धित खवर