असार ३१, माङसेबुङ । युरो कप २०२४ को उपाधि स्पेनले चुमेको छ ।
सोमबार बिहान जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा भएको फाइनल खेलमा इङल्यान्डलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेनले उपाधि चुमेको हो ।
स्पेनले कीर्तिमानी चौथोपल्ट युरो कपको उपाधि जितेको छ । स्पेनले पहिलोपल्ट सन् १९६४ मा युरो कप जितेको थियो । त्यसपछि २००८, २०१२ मा युरो कप जितेको थियो । यस्तै जर्मनीले तीन र इटालीले दुईपल्ट मात्रै युरो कप जितेको छ ।
स्पेनको जितमा निको विलियम्स र माइकल ओयारजाबलले गोल गरे । जर्मनीका लागि भने कोल पाल्मरले इक गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै डी बक्स बाहिरबाट लामिन यमलले दिएको पासमा निको विलियम्सले गोल गर्दै स्पेनलाई अग्रता दिलाए थिए ।
तर, खेलको ७३औं मिनेटमा जुड बेलिङघमले दिएको ब्याक पासमा कोल पाल्मरले गोल गर्दै इङल्यान्डलाई खेलमा फर्काए ।
त्यसपछि खेलको स्पेन ८६औं मिनेटमा मार्क कुकुरेलाले दिएको पासमा रन बनाउँदै माइकल ओयारजाबलले गोल गर्दै स्पेनलाई २–१ को जित दिलाए ।
यसैगरी स्पेनका विंगर लामिन यमलले युरो कपको उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् । यस्तै स्पेनका मिडफिल्डर रोड्री उत्कृष्ट खेलाडी घोषित हुदाँ इङल्यान्डका कप्तान ह्यारी केन, स्पेनका डानी ओल्मो, नेदरल्यान्डसका कोडी गाक्पो, जर्मनीका जमाल मुसियाला, स्लोभाकियाका इभान सरान्ज र जर्जियाका जर्ज मिकाउताड्जेले समान ३ गोल गर्दै एकसाथ गोल्डेन बुट जितेका छन् ।