साउन १, पाँचथर । चलचित्र बिषयलाई पाठ्यक्रम र पाठ्यपुस्तकमा समेट्न याक्थुङ मुन्चइत चोक सयङ्ले अनुरोध पत्र बुझाएको छ ।
सोमबार लिम्बु भाषा उच्च शिक्षा बोर्डलाई र मंगलबार लिम्बु भाषाको पाठ्यक्रम निर्माण समिती पाँचथरलाई बुझाएको हो ।
लिम्बू भाषा उच्च शिक्षा बोर्डका अध्यक्ष मलिसा याक्थुङ्बा र लिम्बू भाषाको पाठ्यक्रम निर्माण समिति पाँचथरका संयोजक, सम्पादक हरिचन्द्र लावतिलाई बुझाइएको हो ।
याक्थुङ मुन्चइत चोक सयङ (लिम्बू चलचित्र कर्मि संघ)को महासचिव रुपा आङ्बुहाङ र अध्यक्ष सागर केरुङ्द्वारा हस्ताक्षरित अनुरोध पत्रमा ‘लिम्बु चलचित्रलाई पाठ्यक्रम र पाठ्यपुस्तकमा समिटिदिन हुन’ भनिएको छ । सथै अनुरोध पत्रसहित लिम्बू चलचित्र निर्माणको ऐतिहासिक पृष्ठभुमि र विवरण समेत बुझाएको जनाएको छ ।
चौथो राष्ट्रिय महाधिवेशनद्वारा घोषित कार्यक्रमअनुरुप अनुरोध पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको संघीय सदस्य सन्देश सुब्बाले बताए ।