नरध्वोज लाओती स्मृति यु—१४ फुटबल प्रतियोगिताकोे उपाधि फाल्गुनन्द सदनलाई - Mangsebung News
  • बुधबार, मङि्सर २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नरध्वोज लाओती स्मृति यु—१४ फुटबल प्रतियोगिताकोे उपाधि फाल्गुनन्द सदनलाई

साउन १, माङसेबुङ । किरात धार्मिक सहिद नरध्वोज लाओती स्मृति यु—१४ पुरुष फुटबल प्रतियोगिताको उपाधि फाल्गुनन्द सदनले चुमेको छ ।

आत्मा—पवित्र हक्चात यक्चुमको आयोजनामा मंगलबार इलामको माङसेबुङ ५, मा अवस्थित आत्मानन्द खेल मैदानमा भएको फाईनल खेलमा सिरिजंगा सदनलाई २—० गोल अन्तरले पराजित गर्दै फाल्गुनन्द सदनले उपाधि चुमेको हो ।

उपाधि चुमेसँगै फाल्गुनन्दले नगद ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । उप विजेता वनेका सिरिजंगाले नगद ३ हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

यस्तै फाल्गुनन्द सदन प्रतियोगितामा तेस्रो हुँदै सान्तवना जितेका छन् । सान्तवना जितेका फक्ताङलुङ सदनले नगद १ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी प्रतियोगिताको उत्कृष्ट किपर फाल्गुनन्दका आकाश पन्धाक, उत्कृष्ट खेलाडी सिरिजंगाका युकेस साम्बा, उत्कृष्ट डिफेन्डर फाल्गुनन्दका जापान लिम्बू, सर्वाधिक गोल कर्ता फाल्गुनन्दका उज्वल पोख्रेल, उदयमान खेलाडी सिरिजंगाका हाङसाम योङहाङ र अनुशासित खेलाडी माङगेन्नाका तान्छोहाङ आङबुहाङ घोषित भएका छन् । उत्कृष्ट खेलाडीहरुले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

विजेता तथा उपविजेता टिमलाई प्रमुख अतिथि समेत रहेका माङसेबुङ ३ का वडाध्यक्ष जनम राई लछुमनले पुरस्कार वितरण गरेका थिए । समापन कार्यक्रममा पुर्ण कार्कीढोली, होम लिङदेन्, सन्तोस लाओती, अवोध अविरल, आन्छुमे नसान लगायतको उपस्थिति रहेको थियो ।

असार ३०, ३१ र साउन १ गते तीन दिन सम्म सञ्चालन भएको प्रतियोगितामा माङसेबुङ ५ र ३ का १४ बर्ष मुनिका खेलाडीहरुलाई फक्ताङलुङ, सिरिजंगा, फाल्गुनन्द र माङगेन्ना गरी ४ सदनमा विभाजन गरेर खेलाईएको थियो ।

आयोजक आत्मा—पवित्र हक्चात यक्चुमले खेलाडी उत्पादन गर्न प्रशिक्षणको लागि सहभागिता जनाउन समेत खेलाडीहरुलाई आह्वान गरेको अध्यक्ष मनकुमार आङबुहाङले बताए ।

बि.स. २००८ साल भदौ ८ गते जन्मनुभएका नरध्वोज लाओती १० वर्षे जनयुद्धकालमा बि.स. २०६० साल कातिक २३ गते माओबादीबाट मारिएका हुन् ।

 

सम्बन्धित खवर