सुवर्ण र शान्ताको पालाम ‘मिम्जिरे लाम्हा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, कार्तिक १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुवर्ण र शान्ताको पालाम ‘मिम्जिरे लाम्हा’ सार्वजनिक(भिडियो सहित)

असार ४, माङसेबुङ । गायक सुमन लिम्बू र गायिका दुर्गा तुम्साको सुमधुर आवाजमा सजिएको लिम्बू संस्कृतिमा आधारित पालाम ‘मिम्जिरे लाम्हा’ सार्वजनिक गरिएको छ ।

सुवर्ण नेम्बाङ ‘यम्बे’ र शान्ता केरुङको शव्द संकलन तथा दुर्गा तुम्साको लय संकलनमा गायक विवस नेम्बाङ र गायिका निरन्ता नेम्बाङको कोरष आवाज रहेको पालाम ‘मिम्जिरे लाम्हा’को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

मदन वनेमको परिकल्पना तथा निर्देशन रहेको पालाम भिडियोमा डि.बि. लिम्बू, कुमारी लिम्बू, कमल थेगिम, नुमा नेयोङ, कुसल थलङ र कृष्ण कला आङबुहाङले अभिनय गरेका छन् ।

शिरकुमार साम्पाङ र दिनेश राई(सुविन)को छायांकन, महेश सिग्देलको मेकअप, वसन्त वाम्बुले राईको सम्पादन तथा शिरकुमार साम्पाङको ड्रोन र कलर रहेको भिडियो लिम्बू कल्चर क्रिएशन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

पालाम भिडियो हेर्नुहोस…

सम्बन्धित खवर