असार ४, माङसेबुङ । नेपालले एसिसी महिला एसिया कपमा ऐतिहासिक जित निकालेको छ ।
रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशाला शुक्रबार भएको खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै नेपालले सानदार जित निकालेको हो ।
युएईले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा चार विकेट गुमाउँदै ११८ रन बनायो ।
नेपालको जितमा ओपनर सम्झना खड्काले अविजित रहँदै सर्वाधिक ७२ रनको अर्धशतकीय पारी खेलिन । उनले ४५ बल मा ११ चौका प्रहार गरिन् । यसैगरी रुविना क्षेत्रीले १० रन बनाउँदा पुजा महतो ७ रनमा अविजित रहिन् ।
युएईका कविशा इगोडागो सर्वाधिक तीन विकेट लिंदा लावन्या केनीले एक विकेट लिईन् ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।
युएईका खुसी शर्माले सर्वाधिक ३६ रन बनाउँदा रिथिका राजिते ६ रन, कविशा इगोडागाले २२ रन, समाइरा धरनिधर्कले १३ रन बनाईन । यस्तै कप्तान इशा रोहित ओजाले १० रन बनाउँदा लावन्या केनी २ रनमा अविजित रहिन् ।
नेपालका इन्दु बर्माले सर्वाधिक तीन विकेट लिंदा कृतिका मरासिनी, सबनम राई र कविता जोशीले समान एक विकेट लिइन् ।
यसअघि सन् २०१२ र २०१६ को एसिया कपमा सहभागिता जनाएपनि नेपाल जितविहीन थियो ।