एसिया कपमा पाकिस्तानसँग नेपाल पराजित - Mangsebung News
  • बिहिबार, चैत १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसिया कपमा पाकिस्तानसँग नेपाल पराजित

साउन ६, माङसेबुङ । एसिसी महिला टी–२० एसिया कपमा नेपाल आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको छ ।

सोमबार रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पाकिस्तानसँग नेपाल नौ विकेटले पराजित भएको हो ।

नेपालले प्रस्तुत गरेको १०९ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमा मात्र एक विकेट गुमाएर भेटायो ।

पाकिस्तानका लागि गुल फिरोजाले सर्वाधिक ५७ रनको योगदान गरिन् । यसैगरी मुनिबा अली ४६ रनमा अविजित रहिन् ।

नेपालका लागि कविता जोशीले एक मात्र विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन बनायो ।

नेपालका लागि कविता जोशीले अविजित ३१ रनको योगदान गरिन् । यसैगरी सीता रानमगरले २६ रन, पुजा महतोले २५ रन र कविता कुँवरले १३ रन बनाइन् ।

पाकिस्तानका लागि सादिया इक्बालले दुई र फातिमा सानले एक विकेट लिए ।

अब नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार भारतको सामना गर्नेछ ।

सम्बन्धित खवर