एसिसी महिला एसिया कपको उपाधि पहिलोपटक श्रीलंकालाई - Mangsebung News
  • बिहिबार, बैशाख ०४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसिसी महिला एसिया कपको उपाधि पहिलोपटक श्रीलंकालाई

साउन १३, माङसेबुङ । एसिसी महिला एसिया कपको उपाधि पहिलोपटक श्रीलंकाले चुमेको छ ।

रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा आइतबार भएको फाइनलमा भारतलाई ८ विकेटले पराजित गर्दै श्रीलंकाले उपाधि चुमेको हो ।

भारतले दिएको १६६ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ८ बल बाँकी छदै दुई विकेट गुमाएर १६७ बनाउँदै परा गर्यो ।

श्रीलंकाकी हर्षिता समरविक्रमले अविजित रहँदै ६९ रन बनाइन् । यस्तै ओपनर तथा कप्तान चमारीले ६१ रन र विष्मी गुणरत्ने एक रन बनाउँदा कविशा दिल्हारी ३० रनमा अविजित रहिन् ।

भारतकी दिप्ती शर्माले एक विकेट लिइन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

भारतका लागि स्मृति मान्धनाले ६० रन बनाइन् । यस्तै ऋचा घोषले ३० रन, जेमिमाह रोड्रिग्जे २९ रन, शेफाली वर्माले १६ रन र कप्तान हरमनप्रीत कौरले ११ रन बनाउँदा पूजा वस्त्रकार पाँच र राधा यादव एक रनमा अविजित रहिन् ।

श्रीलंकाकी कविशा दिल्हारीले सर्वाधिक दुई विकेट लिइन् । सचिन निसानशाल, चमारी अथपथु र उदेशिका प्रबोधनीले समान एक विकेट लिइन् ।

भारतले सुरुका ६ र पछिल्लो संस्करणको गरेर सातौंपटक उपाधि जितेको छ । तीमध्ये सुरुको चार र पछिल्लो संस्करणको फाइनलमा श्रीलंकालाई पराजित गरेको हो । दुईपल्ट भने भारतले पाकिस्तानलाई पराजित गर्दै उपाधि जित्यो । तर, २०१८ को उपाधि भने भारतलाई हराउँदै बंगलादेशले जितेको थियो ।

सम्बन्धित खवर