साउन २६, माङसेबुङ । पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलमा स्पेनले स्वर्ण जितेको छ ।
शुक्रबार राति पार्क डे प्रिन्सेसमा भएको फाइनलमा आयोजक फ्रान्सलाई ५–३ गोल अन्तरले पराजित गर्दै स्पेनले स्वर्ण जितेको हो ।
स्पेनको जितमा फर्मपन लोपेज र सर्जियो क्यामेलो समान दुई तथा एलेक्सन बेनाले एक गोल गरे ।
यता फ्रान्सका लागि भने एन्जो मिलोट, म्याग्नेस अक्लिउचे र जीन फिलिप माटेटाले गोल एक–एक फर्काए ।